भारतीय तटरक्षकद्वारा अरब सागरमा पाकिस्तानी माछा मार्ने डुंगा नियन्त्रणमा

१९ दिन अघि

Article Banner

भारतीय तटरक्षक बलका अनुसार ‘अल–मदिना’ नामक उक्त डुंगामा नौ जना चालकदलका सदस्य सवार थिए। भारतीय जलक्षेत्रमा तटरक्षकको गस्ती टोलीले डुंगा फेला पारेपछि त्यसले पाकिस्तानतर्फ भाग्ने प्रयास गरेको बताइएको छ। तर तटरक्षक बलले तत्काल कारबाही गर्दै डुंगालाई नियन्त्रणमा लिएको जनाएको छ। डुंगालाई नियन्त्रणमा लिएपछि विस्तृत सोधपुछ तथा अनुसन्धानका लागि गुजरातस्थित पोरबन्दर बन्दरगाहतर्फ तान्दै लगिएको भारतीय तटरक्षकले जानकारी दिएको छ।


भारतीय तटरक्षक बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतीय जलक्षेत्रमा अवैध रूपमा प्रवेश गरेको पाकिस्तानी माछा मार्ने डुंगालाई नियन्त्रणमा लिइएको छ र आवश्यक अनुसन्धानका लागि पोरबन्दर ल्याइँदैछ।”


भारत र पाकिस्तानबीचको समुद्री सीमाक्षेत्रमा समय–समयमा माछा मार्ने डुंगा सीमाना उल्लङ्घन गर्ने घटनाहरू हुने गरेका छन्। यस्ता घटनामा दुवै देशका सुरक्षानिकायले निगरानी कडा पार्दै आएका छन्। अन्तर्राष्ट्रिय समुद्री सीमारेखा नजिकको क्षेत्रमा सुरक्षाका दृष्टिले विशेष सतर्कता अपनाइँदै आएको भारतीय पक्षको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading reactions...
Loading related news...